यस्ता महंगा र लाेभलाग्दा बंगलामा बस्छन् बलिउडका कलाकारहरु

 मंसिर ९, २०७५ आइतबार १४:१७:१ | उज्यालो सहकर्मी

बलिउडका अधिकांश स्थापित कलाकारहरु महंगा बंगलामा रहँदै आएका छन् । हेर्नुहाेस् यी कलाकारहरु कस्ताे बंगलामा बस्छन् र तिनकाे मूल्य कति छ :

दीपिका पादुकोण र रणवीर सिंह 

बलिउडका नवदम्पती दीपिका पादुकोण र रणवीर सिंह केही दिनअघि वैवाहिक सम्बन्धमा बाँधिएका हुन् । खबरहरुका अनुसार यो जोडीले आफ्ना लागि एउटा छुट्टै घर खरिद गरेको छ । दीपिका रणवीरको नयाँ घरको मुल्य ८० करोड रुपैयाँ मूल्य बराबरको छ । अहिले दीपिका रणवीरको उक्त घरको मर्मतको काम चलिरहेको छ । छिट्टै नै यो जोडी नयाँ घरमा सर्नेछ । 

प्रियंका चोपडा र निक जोनस



दीपिका रणवीरपछि अहिले बलिउडमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह हुने खबर चर्चामा रहेको छ । छिट्टै नै वैवाहिक जीवनमा प्रवेश गर्ने प्रियंका र निकले अमेरिकाको लस एञ्जलसमा निकै नै शानदार भिल्ला खरीद गरेको छ । उक्त भिल्लाको मुल्य ७५ करोड रुपैयाँ बराबरको रहेको छ ।

सोनम कपूर र आनन्द आहुजा

यसैगरी मे महिनामा विवाह गरेको अर्को जोडी हो अभिनेत्री सोनम कपूर र भारतीय व्यापारी आनन्द आहुजाको । सार्वजनिक खबरहरुका अनुसार आनन्द ४ हजार करोड सम्पत्तिका मालिक हुन् ।  उनको  दिल्लीमा ३१७० स्क्वायर फिटमा फैलिएको २७४ करोड रुपैयाँको बराबरको बंगला रहेको छ । 

शाहरुख खान - मन्नत


यस्तै बलिउडका किङ्ग खान शाहरुख खानको बंगला ‘मन्नत’ मुम्बईको सबैभन्दा सुन्दर र महंगो घर मध्यको एक हो । शाहरुख खानलाई बलिउडका धनी अभिनेताको रुपमा पनि लिने गरिएको छ । शाहरुख खानको बंगला ‘मन्नत’ को मूल्य ३२० करोड रुपैयाँ रहेको छ । 

अमिताभ बच्चन - जलसा

बलिउडमा महानायकको रुपमा परिचित अभिनेता अमिताभ बच्चनको घरको नाम ‘जलसा’ हो । यस बंगलामा अमिताभ बच्चन श्रीमति जया बच्चन, छोरा अभिषेक र बुहारी ऐश्वर्याका साथ बस्दै आएका छ । मुम्बईको जुहुमा रहेको यस बंगलाको मुल्या २५६ करोड रुपैयाँ रहेको छ । 

सैफ अली खान - पटाैदी प्यालेस


बलिउड अभिनेता सैफ अली खान भारतको पटौदी खानदानका नवाब हुन । सैफको कुरा गर्दा बलिउडका अभिनेताहरु मात्रै होइनन्, उनका अगाडि भारतका धनाड्य व्यापारी मुकेश अम्बानी पनि पछि परेका छन् । सैफ अली खानको पटौदी प्यालेसको मूल्य १२०० करोड रुपैयाँ रहेको छ । 

शिल्पा शेट्टी

एक जमानाकी चर्चित अभिनेत्री हुन शिल्पा शेट्टी । शिल्पा र उनका श्रीमान राज कुन्द्रालाई बलिउडको रोयल जोडीको रुपमा लिने गरिन्छ । राज कुन्द्रा भारतीय व्यापारी हुन । शिल्पा र राज कुन्द्रा ‘किनारा’ नामको बंगलामा रहँदै आएका छन् । यो बंगला समुन्द्रको किनारामा छ । जसको मूल्य १६० करोड रुपैयाँ रहेको छ । 

अक्षय कुमार

अभिनेता अक्षय कुमार र ट्वीकंल खन्नाको बंगला जुहु बीचकोमा छ । जहाँबाट समुन्द्रको सुन्दर दृष्य हेर्न मिल्छ । अक्षय कुमार र ट्वींकलको यस बंगलाको मूल्य १२८ करोड रुपैयाँ रहेको छ । यसका साथै हालै उनले ६÷६ करोड रुपैयाँमा चारवटा अपार्टमेन्ट पनि किनेका छन् । 

आमिर खान 

बलिउड फिल्म उद्योग वर्षमा एउटा मात्रै फिल्ममा काम गर्ने अभिनेता हुन् आमिर खान । आमिर खानको बान्द्रामा रहेको घरको मूल्य ९६ करोड रुपैयाँ रहेको छ । यो बंगलामा आमिर खान कान्छी श्रीमती किरण राव र छोरा आजादसँग बस्दै आएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया