मिनि ट्रककाे ठक्करबाट ६ वर्षीया बालिकाको ज्यान गयो

 मंसिर ९, २०७५ आइतबार १७:४:३१ | श्यामशितल परियार
unn.prixa.net

घटनास्थलमा सडक अवराेध गरेर प्रदर्शनमा उत्रिएका स्थानीयवासी

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलामा मिनि ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मिनि ट्रकको ठक्करबाट सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी ६ वर्षीया करुणा गिरीको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार घटना आइतबार दिउँसो पौने २ बजे भएको हो ।

प्रहरीले मिनि ट्रक र चालक धादिङ भोला गाउँपालिकाका मानबहादुर बिकलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । डुँड्कुला डुम्रे–बेसीशहर सडकखण्डमा पर्छ ।

घटना घटेसँगै सडक अवरुद्ध छ । सिउँडीबारबाट बेसीशहरतर्फ जाने तथा बेसीशहरबाट सिउँडीबारतर्फ आउने सवारी बीचैमा  रोकिएका छन् । घटनास्थलमा स्थानीयको भीड छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

केशव गिरी र लक्ष्मी गिरीकी छोरी करुणा गिरी स्थानीय भूपू सैनिक आवासीय माविमा यूकेजी पढ्थिन् । मृतक करुणाको बुवा केशव गिरी नेपाली सेनामा कार्यरत छन् । स्थानीय रुद्रहरि ढकालका अनुसार मृतकका बुवा केशव गिरी अहिले विराटनगरबाट घर फर्कदै छन् । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया