विश्वकप अघिको अन्तिम खेलमा बेल्जियमको सहज जित

 जेठ २९, २०७५ मंगलबार ७:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमले दक्षिण अमेरिकी टोली कोष्टारिकालाई ४–१ गोलले हराएको छ । 

राजधानी ब्रसेल्समा खेलाइएको खेलमा घरेलु टोली २४औं मिनेटमा १–० ले पछि परेको थियो । कोष्टारिकाका लागि ब्रायन रुइसले गोल गरेका थिए । ४ गोल गरेको बेल्जियमका लागि लुकाकुले २ गोल गरे । उनले खेलको ४२औं र ५०औं मिनेटमा गोल गरेका थिए । त्यस्तै द्रिस मिर्तेन्स र मिची बटसुवाइले एक एक गोल गरे ।

यो खेलसँगै कोष्टारिका र बेल्जियमको विश्वकप तयारी सकिएको छ । दुवै टोली अब रुस प्रस्थान गर्नेछन् । विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग खेल्नेछ ।

२३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्यान्डको सामना गर्नेछ । यस्तै समूह इमा रहेको कोष्टारिकाले बलियो प्रतिस्पर्धि ब्राजिल, स्वीट्जरल्याण्ड र सर्वियाको सामना समूह चरणमै गर्नेछ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया