अर्जुन कपूरकी प्रेमिका मलाइका अरोडाले नामबाट हटाइन् खान

 मंसिर १४, २०७५ शुक्रबार १६:१७:५० | एजेन्सी
unn.prixa.net

अभिनेत्री मलाइका अरोडाले पति अरबाज खानका साथ सम्बन्ध विच्छेद गरेपश्चात उनी अभिनेता अर्जुन कपूरसँगको प्रेमलाई खुलेरै सार्वजनिक गर्न खोजिरहेकी छिन् ।

आजभोलि साथीहरुसँगको पार्टीमा होस् वा कुनै सार्वजनिक स्थानमा मलाइका र अर्जुन कसैको पर्वाह नगरी सार्वजनिक रुपमा एकअर्काको साथमा समय बिताइरहेका देखिन्छन् । 

हालै करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा अर्जुन कपूरले समेत आफू सिंगल नरहेको भन्दै उनी मलाइकाको प्रेम सम्बन्धमा रहेको इशारा गरिसकेका छन् । र अहिले मलाइकाले समेत उनको इन्स्टाग्राम अकाउन्टमा रहेको उनको नाम मलाइका अरोडा खान बाट पूर्वपति अरबाज खानको सरनेम ‘खान’ हटाइदिएकी छिन् । 

मलाइकाले अरबाज खानका साथ सन् १९९८ मा विवाह गरेकी थिइन । तर १९ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनले २०१७ मा तोडिदिएकी थिइन् । सम्बन्ध विच्छेद पछि अरबाज पनि कसैअरुसँगै सम्बन्धमा छन ।  मलाइकाले अहिले आएर उनको इन्स्टाग्राम अकाउन्टमा रहेको खान सरनेम हटाइदिएकी छिन । 

मलाइकाको घाँटीका अर्जुनको नामको पेन्डेन्ट

हालै मलाइकाको एक तस्बिर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उक्त तस्बिरमा मलाइकाले घाँटीका लगाएको पेन्डेन्टमा एएम लेखिएको छ । उक्त पेन्डेन्टमा लेखिएको ए अक्षरले अर्जुन कपूरको नामतर्फ संकेत गर्छ । 

मलाइका अर्जुनले किनिसके घर

भारतीय मिडियामा सार्वजनिक खबरहरुका अनुसार मलाइका अरोडा र अर्जुन कपूरले एक आलिशान अपार्टमेन्ट किनेका छन् । उक्त अपार्टमेन्ट अर्जुन र मलाइका दुवैले बराबर पैसा लगानी गरेर किनेका हुन् ।

अहिलेसम्म सार्वजनिक रुपमा आफ्नो सम्बन्ध बारेमा केही नबोले पनि मलाइका र अर्जुन एकअर्काको गहिरो प्रेममा रहेको कुरा यी दुवैले सार्वजनिक रुपमा देखाइरहेको गतिविधिबाट प्रष्ट हुन्छ । साथै यी दुवैले छिट्टैनै विवाह गर्नसक्ने खबर आइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया