रियल मड्रिडको मूख्य प्रशिक्षकमा जुलेन लोपेटेगी

 जेठ ३०, २०७५ बुधबार ७:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगीलाई आगामी तीन वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
 
लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले गएको मे महिनामा राजीनामा दिँदै क्लबलाई नयाँ आवाजको आवश्यकता परेको बताएका थिए ।

लोपेटेगीले यसअघि पोर्चुगलको पोर्टोमा प्रशिक्षण गरेका थिए भने सन् २०१६ यता स्पेनिस राष्ट्रिय टिमको जिम्मेबारी संहालेका थिए ।

५१ वर्षीय लोपेटेगीले विश्वकपपछि रियलको जिम्मेवारी सम्हाल्नेछन् । पूर्व गोलरक्षक लोपेटेगीले रियलको सिनियर टिमबाट एक खेल खेलेका छन् । स्पेनिस तल्लो डिभिजनको क्लबबाट उनले १०७ खेल खेलेका छन् ।

उनले सन् २००३ मा स्पेनको यू–१७ टिमका सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक करिअर सुरु गरेका थिए । उनले पोर्टो जानुअघि स्पेनको यू–१९, यू–२० र यू–२१ टिमको प्रशिक्षण संहालेका थिए ।

रियल गएको सिजन ला लिगामा तेस्रो स्थानमा रहेको थियो । च्याम्पियन बार्सिलोनाभन्दा १७ अंकले पछि परेको थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया