सामाजिक सुरक्षा योजना : चुनौती कति ? कार्यान्वयन कसरी ?

 मंसिर १८, २०७५ मंगलबार ८:१०:५७ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाडौं - सरकारी सेवामा रहेकाले मात्र होइन, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगार रहेका व्यक्तिले समेत पेन्सन र उपदान पाउने गरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको छ ।

मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शुभारम्भ गरेपछि यो योजना लागू भएको हो । अहिले धमाधम रोजगारदाताको सूचिकरण गर्ने काम भैरहेको छ । रोजगारदाताको सूचिकरण भएपछि कामदारको सूचिकरण हुन्छ । त्यसपछि कोषको कार्यालय स्थापना गरेर योगदानको आधारमा श्रमिकको रकम जम्मा गर्ने काम सुरु हुन्छ ।

नयाँ युगको थालनी भनेर संज्ञा दिएको सरकारले यो योजनाबाट श्रमिक सहित सबै नेपालीलाई फाइदा पुग्ने दावी गरेको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकश्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो । पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने छ । दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई समावेश गर्ने तयारी छ । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्युनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयमले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ । सरकारले यो कार्यक्रम घोषणा गरेसँगै श्रमिक र रोजगारदाता पनि उत्साहित छन् ।

श्रमिकका लागि विभिन्न स्किमसहितका सेवा सुविधा छन् । यो कार्यक्रम पूर्ण रुपमा लागू भयो भने श्रमिकका लागि साच्ँचै नयाँ युगको सुरुवात हुनेछ । तर अनौपचारिक क्षेत्रमा श्रमिकलाई समेत समेट्नु र करोडौं रुपैयाँ जम्मा हुने कोषको व्यवस्थापन र परिचालन चुनौतीपूर्ण छ । सरकारले भने पूर्ण तयारी गरेरै कार्यक्रम सुरु गरेकाले कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।

सामाजिक सुरक्षा योजनाबाट श्रमिकलाई हुने फाइदा तथा कार्यान्वयनको तयारी र यसका चुनौतीबारे सरकार र विज्ञको धारणा पढ्नुहोस् :

'श्रमिकको हितमा रहेको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुन्छ'

'सामाजिक सुरक्षा कार्यक्रमको सफलता र असफलता श्रमिक र रोजगारदाताकै हातमा छ'
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Munna

    Dec. 5, 2018, 11:54 a.m.

    प्रसंग अहिलेको बनेको अवकाश पछिको सामजिक सुरक्षा कोषको------ अहिलेको ब्यवस्था, आजको दिनमा मासिक रु 15000 आधारभुत तलब हुने ब्यक्तिको 15 बर्ष सम्म सन्चय कोषमा जम्मा गर्दा (28.33%) जम्मा करीब रु 26 लाख (सन्चय कोषको अहिलेको बर्षिक ब्याज दर 7.5% को आधारमा FV निकलियेको) 15 बर्षमा अवकाश हुंदा प्राप्त गर्ने रहेछ । कर कटाउंदा खुदमा करिब रु 25 लाख जति प्राप्त गर्दछ । त्यो 25 लाखलाई आजको मुद्दती खाताको ब्याज दरलाई आधार मान्दा (९%) मा लगानी गर्दा अवकाश पछि मसिक रुपमा करिब रु 18000 (कर पश्चात्) प्राप्त गर्दछ । (अहिलेको ब्यवस्था अनुसार अवकाश पछि प्राप्त हुने पुंजी अवकाश प्राप्त कर्मचारी आफै सङ रहन्छ ) । तर सामजिक सुरक्षा योजना अनुसार जम्मा भएको 26 लाखलाइ 180 महिनाले भाग गर्दा आउने रु14000 मासिक रुपमा कर्मचारिले त्यो पनि उमेर 60 बर्ष भए पछि मात्र अवकाश भुक्तानी प्राप्त गर्नेछ । अब पुंजी चाहिँ खै त? अनि सामाजिक सुरक्षा कोषले दिने मासिक भुक्तानी भन्दा त बैंकले दिने मुद्द्ति खाताको ब्याज नै बढी हुंदो रहेछ । अनि पुंजी पनि सरकारले खाने?

  •  0 Reply

तपाईको प्रतिक्रिया