जीपीएसले वन संरक्षणमा सहज

 जेठ ३०, २०७५ बुधबार ११:२१:२० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगाको सबै वन क्षेत्र ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मा अध्यावधिक गरिएको छ । सरकार संरक्षित र व्यवस्थित, सामुदायिक र कवुलीयति वन समेत जीपीएसको अभिलेखमा अध्यावधिक गरिएको हो । यसले वन क्षेत्र अतिक्रमण भए नभएको सहज रुपमा अनुगमन गर्न सकिने जिल्ला वन कार्यालयले जनाएको छ ।

जीपीएसमा आवद्ध भएको वन क्षेत्रमा ८ हजार ७ सय ९० हेक्टर सरकार संरक्षित वन, ३ सय ४८ सामुदायिक वन रहेका छन् । उपभोक्तालाई संरक्षण र सदुपयोग गर्न दिइएको कबुलीयति वनको अधिकांश क्षेत्र पनि जीपीएसमा रहेको जिल्ला वन अधिकृत विरेन्द्र शाहले बताउनुभयो । जीपीएसमा आबद्ध भए पछि उपभोक्ताबाट वन क्षेत्रको अतिक्रमण भए नभएको सहज रुपमा जानकारी लिन र वनको क्षेत्रफल सहज रुपमा पहिचान गर्न सकिने शाहको भनाइ छ ।

जीपीएसले वन क्षेत्रको अतिक्रमण न्यूनिकरण गर्न, अतिक्रमणको अवस्था पहिचान गर्न कानुनी कारवाही गर्न सहजता मिलेको शाहले जानकारी दिनुभयो । ओखलढुंगाको कूल क्षेत्रफलको ३५.६ प्रतिशत अर्थात् ३८ हजार २ सय ५० हेक्टर वन क्षेत्र रहेको छ । पछिल्लो समय जथाभावी वन क्षेत्रबाट निर्माण हुने सडक आयोजनाका कारण वन अतिक्रमणमा परेको उपभोक्ताको गुनासो छ ।

के हो जीपीएस ?

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाउने लंगिच्युड(ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र डाटा लिने प्रविधि हो ।

जीपीएसले पृथ्वीमा उभिएको बिन्दु देखाउने गर्छ, यसैलाई ट्र्याकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ । जीपीएस ट्र्याकिङ मार्फत ठाउँ र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया