भारतीयलाई नागरिकता सिफारिस प्रकरण : वडाध्यक्ष अर्याल धरौटीमा रिहा

 मंसिर २०, २०७५ बिहिबार ८:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्ष उद्धव अर्यालविरुद्ध मुद्धा दायर गरिएको थियो । 

मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । झुठो विवरण दिएको आरोपमा वडा अध्यक्ष अर्यालसहित  वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनासहित १६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

नक्कली बाबु बनी भारतीयलाई  नागरिकता बनाई दिने विराटनगर –१ घर भई हाल कटहरी गाउँपालिका बस्दै आएका सतयनारायण मण्डल भने पूर्पक्षको लागि  यस अघि नै जेल गइसकेका छन् ।

प्रहरीको खोजीमा रहेका वडा अध्यक्ष अर्याल सुटुक्क आफू निकटका कानुन व्यवसायीलाई लिएर  अदालतमा उपस्थित भएका थिए । वडा अध्यक्ष अदालतमा उपस्थिति भएकै दिन जिल्ला अदालतले बयान लिएर आदेश दिएको हो  । 

वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेलले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरु रुपेश कोइराला, कल्याण केसी, ज्ञानेन्द्र थापाले बहस गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया