प्रियंकाले निकलाई धोकामा विवाह गरेको भन्दै लेख छापेपछि...

 मंसिर २०, २०७५ बिहिबार १३:१९:३६ | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए । 

अमेरिकाको ‘द कट’ नामको म्यागेजिनले बुधबार ‘के प्रियंका चोपडा र निक जोनसको माया साँचो हो ? भन्दै एक लेख प्रकाशित गरेको थियो । यो लेख अमेरिकी पत्रकार मारिया स्मिथले लेखेकी हुन् । साथै यो लेखमा प्रियंकालाई ग्लोबल स्क्याम आर्टिस्ट भनिएको छ भने प्रियंका र निकको विवाहलाई एक धोका बताउँदै निकका साथ प्रियंकाले जबरजस्ती विवाह गरेको बताइएको छ । 

मारिया स्मिथले उनको यस लेखमा प्रियंका र निकबीचको विवाह प्रियंका र उनको टिमद्वारा योजनाबद्ध भएको र यो सम्बन्ध निकको इच्छा विपरित भएको उल्लेख गरिएको छ । 

लेखमा ‘प्रियंका चोपडाका लागि महंगा वस्तुहरु र पैसा अति आवश्यक रहेको र त्यसैका लागि निकका साथ विवाह गरेको बताइएको छ । साथै अगाडि लेखिएको छ ‘विवाह निकै सुन्दर चिज हो । यस कुराले हरेको मनमा एक किसिमको उमंग सिर्जना गर्छ तर दुखको कुरा यो छ की यस विवाहले कुनै पनि किसिमको भावना सिर्जना गरेन । खासमा निक हलिउडमा आएकी यि नयाँ महिला (प्रियंका)का साथ केही दिन बिताउन मात्रै चाहन्थ्यो ।

तर यि ग्लोबल स्क्याम आर्टिस्टका साथ उनले जन्म कैदको सजाय भोग्नु पर्‍यो । यो भन्दा पनि धेरै दुःखद कुरा यो छ की यस ग्लोबल स्क्याम आर्टिस्ट (प्रियंका चोपडा)ले निकलाई घोडाको पिठ्यूमा बसाएर विवाह गरिसकिन् र निकलाई एक पटक पनि सोधिनन के उनी त्यस घोडामा सहज महसुस गरिरहेका छन्’ ।

साथै लेखको अन्तमा लेखिएको छ ‘निक यदी तिमी यो लेख पढीरहेका छौ भने जति सक्दो छिटो त्यस घोडामा बसेर त्यहाँबाट छिट्टै बाहिर निस्कनु ।’ 

बुधबार ‘द कट’ को यो आर्टिकल सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बलिउड कलाकारहरु तथा प्रियंकाकी जेठानी तथा हलिउड अभिनेत्री सोफी टर्नरल यो लेख निकै नै घटिया तथा लाजमर्दो लेख भएको र यस्तो लेख प्रकाशित गर्ने ‘द कट’ अनलाइनले यसको जवाफ दिनुपर्ने बताएकी थिइन् । 

अभिनेत्री सोनम कपूरले लेखेकी छिन् ‘अति नै घटिया, नश्लभेदी तथा महिला विरोधी लेख । त्यसमा पनि एक महिलाले लेखेको लेख जुन निकै दुःख लाग्दो हो । धिक्कार छ तिमीलाई मारिया । 

साथै प्रियंकाकी जेठानी सोफी टर्नर तथा निक जोनसका दाइ जोइ जोनसले पनि निकै नै अपमान जनक तथा अभद्र लेख भन्दै ‘द कट’ जस्तो अनलाइनले यस्ता व्यक्तिलाई नकारात्मक कुरा लेख्ने मौका दिनु निकै दुःखद् रहेको बताएका छन् । 

बलिउड तथा हलिउड कलाकारहरुको चर्को विरोधका साथै सामाजिक संजालमा अत्याधिक आलोचना पछि ‘द कट’ अनलाइनले माफी माग्दै लेखलाई हटाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया