‘म स्टार किड होइन अमृता सिंहकी छोरीको रुपमा चिनिन चाहन्छु’ : सारा अली खान

 मंसिर २१, २०७५ शुक्रबार ९:३९:४४ | एजेन्सी
unn.prixa.net

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ मार्फत बलिउड डेब्यू गरेकी छिन् । शुक्रबारबाट प्रदर्शनमा अाएको फिल्म ‘केदारनाथ’ मा सारा अभिनेता सुशान्त सिंह राजपुतको जोडीको रुपमा देखिएकी छिन् । 

सारा अली खान अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी हुन् । यस अनुसार सारा पटौदी खानदानकी छोरी हुन् । तर सारा स्वयमले उनलाई राजखानदानमा तुलना नगर्न भनेकी छिन् । 

साराले भनेकी छिन् मेरा बुवा सैफ अली खान र आमा अमृता सिंहको सम्बन्ध बिच्छेद भएको १२/१३ वर्ष भइसक्यो । त्यसबेला देखि म आमाका साथमा रहँदै आएकी छु । मेरी आमाले हामीलाई निकै साधारण रहन सिकाउनु भएको छ ।’

साराले भनेकी छिन् ‘मलाई स्टार किड भन्दा दुःख लाग्छ । म चाहन्छु मलाई मानिसहरुले अमृता सिंहकी छोरीको रुपमा चिनुन् ।’ बुधबार मुम्बईमा फिल्म केदारनाथको स्पेशल स्क्रिनिङ राखिएको थियो ।

जहाँ बलिउडका कलाकारहरु उपस्थित भएका थिए । तर सारा अली खानको आफ्नो परिवारका सदस्य भने उपस्थित भएनन् । छोरी साराको पहिलो फिल्मको स्क्रिनिङमा पटौदी खानदानका कोही पनि सदस्य उपस्थित नभएपछि सबै चकित परेका थिए । 


 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया