१ सय ९४ रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता (नामावलीसहित)

 मंसिर २१, २०७५ शुक्रबार १२:५५:० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले मंसिर ११ गते घोषणा गरेको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १ सय ९४ रोजगारदाता दर्ता भएका छन् । काठमाडौं उपत्यका र काठमाडौं बाहिर प्रदेश नं. ३ का रोजगारदाता र आपूर्तिकर्ता कोषमा दर्ता भएका हुन् ।

सरकारले काठमाडौं उपत्यकामा मंसिर ६ गतेदेखि र उपत्यका बाहिर प्रदेश नम्बर ३ मा मंसिर १५ गतेदेखि लागू हुने गरी तीन महिनाभित्र निजी रोजगारदाता कम्पनीलाई कोषमा अनिवार्य सूचीकृत हुन समय दिएको छ । सूचिकरण हुने समय शुरु भएलगत्तै रोजगारदाताले अनलाइनमार्फत विवरण पठाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले रोजगारदाताले अनलाइन प्रणालीबाटै कोषमा दर्ता हुन पाउने व्यवस्था गरिएकाले सूचीकृत हुन सजिलो भएको बताउनुभयो ।

उहाँले रोजगारदाता कोषमा सूचीकृत हुनु सामाजिक सुरक्षा योजना कार्यान्वयनको सुरुवात भएको बताउनुभयो । प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचिकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचिकरण माघ १ गतेदेति, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचिकरण माघ १५ गतेदेखि सुरु हुनेछ । 

रोजगारदाताले आफू सूचिकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचिकृत गर्नुपर्नेछ । पछि नियुक्त भएका श्रमिकको हकमा नियुक्त भएको तीन महिना भित्रमा सूचिकृत गर्नुपर्नेछ ।

रोजगारदाताको नामावली 

यो पनि पढ्नुहोस् । 

सामाजिक सुरक्षा योजना : श्रमिकलाई के फाइदा ?

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया