बलिउड अभिनेत्री जरीन खानले पूर्व म्यानेजरविरुद्ध गरिन् प्रहरीमा उजुरी

 मंसिर २१, २०७५ शुक्रबार १४:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री जरीन खानले सलमान खानसँग फिल्म ‘वीर’ मार्फत बलिउड डेब्यू गरेकी थिइन् । तिनै जरीन खान यतिबेला उनकै म्यानेजरसँगको विवादका कारण चर्चामा आएकी छिन । 

जरीन खानले उनकी पूर्व म्यानेजर विरुद्ध प्रहरीमा उजुरी गरेकी छिन् ।  खबरहरुका अनुसार जरीनले अञ्जली नामकी उनकी पूर्व म्यानेजरले आफुलाई भद्दा म्यासेज पठाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छिन् । 

अभिनेत्री जरीन खानको उजुरीपछि मुम्बई प्रहरीले अञ्जलीमाथि छानबिन गरिरहेको छ । 

खबरहरुका अनुसार अञ्जलीले जरीन खानको म्यानेजरको रुपमा ३-४ महिना मात्रै काम गरेकी थिइन् । त्यस बेला देखिनै पैसाको विषयलाई लिएर जरीन र अञ्जलीबीच विवाद हुँदै आएको थियो । 

अभिनेत्री जरीन खानले सन् २०१० मा फिल्म ‘वीर’ बाट अभिनेता सलमान खानसँग डेब्यू गरे पनि यो फिल्म फ्लप भएको थियो । त्यस समयमा जरीन खानको तुलना सलमानकी पूर्व प्रेमिका कट्रिना केफसँग गरिन्थ्यो । 

जरीन खान केही समयअघि फिल्म ‘हेट स्टोरी ३’ र ‘अक्सर २’ मा देखिएकी थिइन् । ती फिल्ममा जरीन खान निकै बोल्ड अवतार देखिएकी थिइन । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया