दीपिका पादुकोण बस्ने टावरमा भिषण आगलागी

 जेठ ३०, २०७५ बुधबार १८:१३:२२ | एजेन्सी

भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईमा रहेको  ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ । 

बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको हो । त्यस भवनमा आज दिउँसो २ बजेतिर आगो लागेको थियो ।  आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौँ दमकल खटाइएका छन । आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेको छ । अहिलेसम्म मानवीय क्षतिको कुनै खबर भने आएको छैन । 

बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ । आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् । उनी कुनै कम्पनीको विज्ञापनको छायाँकंनका लागि घर बाहिर गएकी थिइन् । दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया