टोटनह्याम तेस्राे स्थानमा फर्कियाे

 मंसिर २३, २०७५ आइतबार ८:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम तेस्रो स्थानमा फर्किएको छ । लेस्टर सिटीलाई २–० ले हराउँदै टोटनह्याम पुनः तेस्रो स्थानमा उक्लियो । 

टोटनह्यामको जितमा सङ ह्योङ मिन र डेली एल्लीले एक एक गोल गरे । लेस्टरको मैदानमा भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्योङ मिनले टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

५८औं मिनेटमा एल्लीले ह्योङ् मिनको पासमा गोल गर्दै टोटनह्यामलाई २–० को अग्रता दिलाएका थिए । जितसँगै टोटनह्याम ३६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर भने २२ अंकका साथ नवौं स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया