पार्टी प्रवेश गर्ने खबरबारे यसो भन्छिन् माधुरी दीक्षित

 मंसिर २३, २०७५ आइतबार १२:३७:११ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री माधुरी दीक्षित नृत्य र अभिनयका कारण करोडौं दर्शकबीच चर्चित छिन् । फिल्म ‘तेजाब, राम लखन, दिल तो पागल हे, अन्जाम, देवदास लगायत कयौं हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री माधुरी दीक्षित पछिल्लो समयमा भने टेलिभिजनका रियालिटी शोहरुमा ब्यस्त छिन् । तिनै माधुरी दीक्षित अब अभिनय र मनोरञ्जन बाहेक राजनितिक तर्फ पनि सक्रिय हुने बताइएको थियो । 

केही समयअघि प्रकाशित खरबरहरुमा अभिनेत्री माधुरी दीक्षित भारतीय जनता पार्टीको तर्फबाट चुनाव लड्न सक्ने बताइएको थियो । खासमा भाजपाका एक नेता माधुरीको घरमा गई उनीसँग भेटघाट गरेका थिए । त्यसबेला देखि नै माधुरी दीक्षितलाई भाजपाले सन् २०१९ को लोकसभा चुनावका लागि टिकट दिन सक्ने बताइएको थियो ।  

तर अहिले आएर अभिनेत्री माधुरी दीक्षित स्वयमले आफ्ना बारेमा आएका खबरहरुको खण्डन गरेकी छिन् । माधुरीले भारतीय सञ्चारमात्तयमसँग भनेकी छिन् ‘मेरा बारेमा आएका यस किसिमका सबै खबरहरु झुठा र काल्पनिक हुन् ।’ अर्थात् माधुरी दीक्षित स्वयमले आफू कुनै पनि राजनितीक पार्टीबाट चुनाव नलड्ने बताएकी छिन् । 

माधुरी दीक्षित फिल्म ‘कलंक’ मार्फत अभिनेता सञ्जय दत्तको जोडी तथा फिल्म ‘टोटल धमाल’ अभिनेता अनिल कपूरक जोडीको रुपमा दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया