सुनसरीमा प्रहरीसँगको झडपमा गोली लागेर एकजनाको मृत्यु

 मंसिर २४, २०७५ सोमबार ९:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीको कोशी गाउँपालिका –७ मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकजनाको ज्यान गएको छ । 

आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । यो क्रममा डकैती गर्न आएको समूहको अन्दाजी ३०–३५ वर्षका एकजना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

अन्य व्यक्तिहरु भने भारतीय सीमातर्फ भागेको र घटनास्थलबाट दुईवटा हतियार गोली लोड भएको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।  भारततर्फबाट उनीहरु आपराधिक क्रियाकलाप गर्नका लागि नेपालतर्फ आएको हुनसक्ने प्रहरीको अनुमान छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया