ईपीएल क्रिकेट : चितवनले दियो काठमाडौंलाई १६१ रनको लक्ष्य

 मंसिर २४, २०७५ सोमबार ११:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

आक्रामक सुरुवात गरे पनि पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा चितवन टाइगर्सले एभेरेष्ट प्रिमियर लिग क्रिकेट लिगमा काठमाडौं किङ्सले चितवन टाइगर्सबाट एक सय ६१ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको चितवनका पउल स्ट्रलिङले ३४ रन बनाए । चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दीप सुनारलाई २५ रनमा आउट भए । 

चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए । तर स्कट १५ रनमा आउट भएपछि चितवनले एक सय नौ रनमा चौथो विकेट खेर फाल्यो । पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि चितवन पुरै ओभर नखेल्दै अलआउट भयो । उसले पछिल्लो ६ विकेट मात्र ५१ रन जोड्दा गुमायो । चितवनका लागि कप्तान पृथु बास्कोटाले अविजीत २० रन बनाए ।

बलिङतर्फ प्रदीप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया