अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत ३१ रनले विजयी

 मंसिर २४, २०७५ सोमबार ११:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेट भारतले ३१ रनले जितेको छ । एडिलेडमा भारतले दिएको ३२३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २९१ रनमा समेटिएको थियो । 

पहिलो पारिमा २५० रन बनाएको भारतले अष्ट्रेलियालाई २३५ रनमा रोकेर दोस्रो पारि सुरु गरेको थियो । दोस्रो पारिमा ३०७ रनमा अल आउट भएपछि अष्ट्रेलियाले ३२३ रनको सामान्य लक्ष्य पाएको थियो । तर पाँचौ दिनको दोस्रो सेसनमा अष्ट्रेलिया २९१ रनमा समेटियो । अष्ट्रेलियालाई रोक्ने क्रममा जसप्रित बुमराह, रविचन्द्र आश्विन र मोहम्मद सामीले तीन तीन विकेट लिएका थिए ।

अष्ट्रेलियाका सौन मार्साले सर्वाधिक ६० रन जोड्दा टिम पेनले ४१ रन बनाए । अन्तिमसम्म टिकेर नाथन लियोन नट आउट ३८ रन बनाए पनि हार भने टार्न सकेनन् । साेमबारको जितसँगै भारतले चार टेस्टको श्रृंखलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो टेस्ट १४ तारिखदेखि सुरु हुने छ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया