प्रहरीमा यस्तो उजुरी : छिमेकीले कुखुरोको खुट्टा भाँचेको देखि दुई बंगुरको शारीरिक सम्पर्कसम्म

 मंसिर २४, २०७५ सोमबार १६:४४:३५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके  – मानिसको शरीरमा चोटपटक लागेमा  प्रहरीमा उजुरी पर्नु सामान्य हो । तर बाँकेमा झण्डै दुई किलोको कुखुराको भालेको खुट्टा भाँचिदिएको भन्दै एकजनाले छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । 

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर –२१, बिर्ताका  मोहम्मद रफिकले स्थानीय अकबाल खाँले आप्mनो कुखुराको खुट्टा भाँचिदिएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा सोमबार दिउँसो भएको छलफलमा मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टले सोमबार दिनभर दुवै पक्षलाई सहमतिका लागि प्रयास गरे पनि मिलाउन नसकेको भन्दै मङ्गलबार फेरि छलफलका लागि बोलाइएको बताउनुभयो । 

सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा एक गर्भवती बंगुरलाई अर्को बंगुरले शारीरिक सम्पर्क राखेपछि गर्भमा रहेका बच्चा मरेको भन्दै क्षतिपूर्तिको मागसहित उजुरी परेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया