सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ ले गर्याे झण्डै २८ कराेडकाे काराेबार

 मंसिर २४, २०७५ सोमबार १७:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको डेब्यू फिल्म ‘केदारनाथ’ प्रदर्शन भइरहेकाे छ ।

अभिनेता सुशान्त सिंह राजपुत र सारा अली खानको यो फिल्म प्रदर्शनको पहिलो दिनमै बलिउड फिल्म समिक्षकले मिश्रित प्रतिक्रिया जनाएपनि दर्शकहरुले भने साराको डेब्यू फिल्म ‘केदारनाथ’को सह्राना गरिरहेका छन । 

निर्देशक अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको तेस्रो दिनसम्म प्रशंसनीय व्यापार गर्न सफल भएको छ । फिल्म समिक्षक तरण आदर्शका अनुसार फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको तेस्रो दिनसम्म आइपुग्दा २७.७५ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । 

फिल्म ‘केदारनाथ’ ले प्रदर्शनको पहिलो दिन अर्थात गत शुक्रबार ७.२५ करोड, शनिबार ९.७५ करोड र तेस्रो दिन अर्थात आइतबार १०.७५ करोडको व्यापार गरेको छ । तीन दिनको कलेक्शन हेर्दा साराको यस फिल्मले दिन प्रतिदिन दर्शकहरुलाई हलसम्म तानिरहेको छ । 

फिल्म ‘केदारनाथ’ को कहानी भारतको उत्तराखण्डमा आएको बाढीलाई जोडेर बनाइएको छ । यस फिल्ममा सारा अली खान एक पण्डित परिवारकी चुलबुले युवतिको भूमिकामा छिन भने अभिनेता सुशान्त सिंह राजपुत एक मुस्लिम परिवारका सोझा युवकको भूमिकामा देखिएका छन् ।

अब्बल अभिनय क्षमताका कारण बलिउडमा अहिले सारा अली खानले पहिलो फिल्मबाटै चौतर्फी प्रशंसा बटुली रहेकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया