बार्सिलोना छोडेर इटालियन क्लबमा आबद्ध हुन मेस्सीलाई राेनाल्डाेकाे चुनाैती

 मंसिर २५, २०७५ मंगलबार ७:२७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई बार्सिलोना छोडेर कुनै एक इटालियन क्लबमा आबद्ध हुन चुनौती दिएका छन् । 

पोर्चुगिज स्टार रोनाल्डो र मेस्सीलाई विश्वका उत्कृष्ट खेलाडी भनिँदै आएको छ । दुबै खेलाडीले पाँच–पाँच पटक ब्यालुन डिओरको उपाधि जितेका छन् । ‘मेस्सी कुनै दिन इटाली आएको हेर्न चाहन्छु,’ ३३ वर्षे रोनाल्डोले भने । ‘मैले जस्तै चुनातीलाई स्वीकार गर्छन् भन्ने आशा छ, तर त्यहीँ खुसी छन् भने त्यसको सम्मान पनि गर्छु ।’

सन् २००९ मा म्यान्चेष्टरबाट स्पेन आएका रोनाल्डोले नौ सिजन रियल मड्रिडमा बिताए । तर मेस्सीले भने आफ्नो पूरै करियर बार्सिलोनामा विताएका छन् । इटालियन मिडियासँगको अन्तरवार्तामा मेस्सीको ‘मिस’ गर्छौ भन्ने प्रश्नमा रोनाल्डोले भने, ‘गर्दिन, उसले मलाई ‘मिस’ गर्छ होला ।’

‘मैले इंग्ल्याण्ड, स्पेन, इटाली, पोर्चुगल र राष्ट्रका लागि खेलेँ, तर उ त स्पेनमै छ ।’ ‘उसलाई मेरो आवस्यकता छ । मेरो लागि जिन्दगी चुनौती हो । र मलाई यो मन पर्छ ।’ ‘उ निकै उत्कृष्ट खेलाडी र राम्रो मान्छे पनि हो ।’

‘मैले मेरो आरामदायी स्थानलाई छोडेर टुरिनको चुनौती स्वीकार गरेर आएँ । सबै कुरा राम्रो छ, मैले आफूलाई अद्भूत खेलाडीको रुपमा प्रमाणित गरिसकेको छु ।’
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया