बालिका  बलात्कारको आरोपमा पाल्पामा एकजना पक्राउ

 मंसिर २५, २०७५ मंगलबार ८:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । 

गएको मंसिर ९ गते दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी फरार रहेको भन्दै पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीको विशेष टोलीले आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ । पक्राउ पर्नेकोसमेत प्रहरीले परिचय खुलाएको छैन । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया