पोखराले दियाे विराटनगरलाई मात्र ८५ रनको झिनो लक्ष्य

 मंसिर २५, २०७५ मंगलबार १०:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । सुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए । पोखराले १९ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो । 

यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शून्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो । 

त्यसपछि पनि कुनै ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पोखरा ८५ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया