कुवेती र बहराइन दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

 मंसिर २५, २०७५ मंगलबार ११:३७:५५ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबार कुवेती र बहराइन दिनारको भाउ केही रुपैयाँले बढेको छ । रियाल, रिंगिट, दिर्हाम र कोरियन वन भने बढेको छैन । 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९९  पैसा र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ४७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०१ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३ सय ०३ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया