कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ‘इलेक्ट्रोनिक पेमेन्ट’ सेवा

 मंसिर २५, २०७५ मंगलबार १३:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा पनि संचालनमा ल्याएको हो । ईपेमेन्ट सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यो सेवाले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पूर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आफ्नो कार्य सम्पादनमा पनि यसले सहज बनाउने उल्लेख गर्नुभयो । त्यस अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै सो कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा सञ्चालन गरिएको बताउनुभयो ।

अहिलेलाई ईपेमेन्ट सेवामार्फत् १ लाखसम्म ‘पेमेन्ट’ गर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षभित्र सबै आर्थिक कारोबार ‘इ–पेमेन्ट’मार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया