‘डोली’ले पायो पीजी सर्टिफिकेट

 मंसिर २५, २०७५ मंगलबार १५:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नोपाली कथानक चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । पीजी सर्टिफिकेट पाएसँगै चलचित्र ‘डोली’ हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ चलचित्र हेर्न जानु पर्ने छ ।

चलचित्र सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । यसअघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् । यो चलचित्र मंसिर २८ गते देखि अल नेपाल प्रदर्शनको तयारीमा छ । त्यसै मितिबाट सुब्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ पनि प्रदर्शन हुँदै छ ।

किरण नेपालीले निमार्ण गर्न लागेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन् । चलचित्र ‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इँ, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नबीन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलागायतको अभिनय रहेको छ ।


–उज्यालाे र गफगाफ डटकमको सहकार्य 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया