अनुष्काले एकाएक किन गरिन् सलमान खानसँग फिल्ममा काम नगर्ने निर्णय?

 मंसिर २५, २०७५ मंगलबार २०:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

केही दिन यता निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा अनुष्का शर्मा अभिनेता सलमान खानको जोडीको रुपमा काम गर्ने खबरहरु अाइरहेका थिए । 

तर अनुष्का शर्माले भने त्यस खबरको खण्डन गर्दै फिल्ममा सलमान खानसँग काम नगर्ने बताएकी छिन् । अनुष्का शर्माले सञ्जय लीला भन्सालीसँग भविष्यमा काम गर्न इच्छुक भए पनि अहिले भने काम नगर्ने बताएकी हुन् ।

अभिनेता सलमान खानले निर्देशक सञ्जय लीला भन्सालीसँग सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके हे सनम’ मा काम गरेका थिए । वषौंपछि सञ्जय लीला भन्साली उनको अब बन्ने फिल्मका लागि सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउन खोजिरहेका छन् । 

यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव राखिएको थियो तर सलमान खानले दीपिकासँग फिल्म गर्न नमानेपछि अनुष्का शर्मालाई प्रस्ताव राखिएकाे थियाे । 

अहिले आएर अनुष्का शर्माले सलमान खानसँग यो फिल्ममा काम गर्न नमानेपछि नयाँ अभिनेत्री को हुने भन्ने कुराकाे टुंगो लागेको छैन । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया