टाइम पत्रिकाको ‘वर्ष व्यक्तित्व' मा खसोग्गी

 मंसिर २६, २०७५ बुधबार ७:४१:४२ | एजेन्सी
unn.prixa.net

टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘वर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ । 

याे सम्मानबाट यस वर्ष खासोग्गीसहित अन्य पीडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उपाधिबाट सम्मानित हुने भएका हुन् । 

‘टाइम’ले सन् १९२७ देखि वार्षिकरूपमा वर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ यद्यपी प्रेस्टिजिअस कभरका लागि मरोणोपरान्त याे उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया