बुधबार विदेशी मुद्राको भाउ बढ्यो

 मंसिर २६, २०७५ बुधबार १०:४१:२८ | उज्यालो सहकर्मी

काठमाडौं – यो हप्ता तीन दिन लगातार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार भने केही बढेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२  पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा र बिक्रिदर २७ रुपैयाँ ५५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ९८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ १६ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया