आइएमई लाइफ र एनआइसी एसिया बैंकबीच बैंकास्योरेन्स सम्झौता

 मंसिर २६, २०७५ बुधबार १२:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एसिया बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 

बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआइसी एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधरण तथा बैंकका ग्राहकहरुले एनआइसी एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६५ स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । त्यसबाहेक कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया