कुनै समयमा कुल्लीको काम गर्ने रजनीकान्त कसरी बने दक्षिण भारतीय सुपरस्टार ?

 मंसिर २६, २०७५ बुधबार १३:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको आज जन्मदिन परेको छ । 

रजनीकान्तको जन्म सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा भएको थियो । फिल्म क्षेत्रबाट रजनीकान्तका नामले परिचित भएपनि उनको वास्तबिक नाम शिवाजी राव गायकवाड हो । 

रजीकान्तको जन्मदिनको अवसरमा आज हामी उनीसँग जोडिएका केही रोचक कुराबारे चर्चा गर्दैछौं । 

रजनीकान्तको जन्म एउटा गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए । रजनीकान्तका चारजना दाजु र दिदीमध्ये रजनीकान्त कान्छा थिए । 

उनकी आमाको मृत्युपछि रजनीकान्तको परिवारको हालत निकै नाजुक बन्दै गयो । त्यसपछि परिवार तथा आफ्नो दैनिक गुजाराका लागि रजनीकान्तले कुल्लीको काम सुरु गरे । त्यसपछि उनी बैंङ्गलोर बसमा कन्डक्टरको काम गर्न थाले । 

कामका साथसाथै अभिनयमा रुचि राख्ने रजनीकान्तले १९७३ मा मद्रास फिल्म संस्थानमा भर्ना भए र उनले अभिनयमा डिप्लोमा गरे । कुनै समय थोरै पैसाका लागि कहिले रेलवे स्टेशन त कहिले बस स्टेशनमा धक्का खाने रजनीकान्त पछि दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने सुपरस्टार बने । 

रजनीकान्तको चेन्नईमा ठूलो बंगला छ जुन पाँचतारे होटल भन्दा कम देखिंदैन । यो घर बाहिरबाट जति सुन्दर छ इन्टेरियर डिजाइनका कारण भित्र पनि त्यतिकै सुन्दर छ । यो घर करोडौं मूल्य बराबरको छ । यसबाहेक भारतको पुनेमा पनि उनको आलीशान घर छ । 

रजनीकान्तले बलिउडमा फिल्म ‘मेरी अदालत, भगवान दाता, अन्धा कानून, चालबाज र दक्षिण भारतीय फिल्म ‘शिवाजी, काला, कबाली लगायत कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हालै उनी अभिनित फिल्म २.० ले पनि बक्सअफिसमा सफल व्यापार गरिरहेको छ । साथै उनले एउटा हलिउडकाे चलचित्रमा समेत अभिनय गरेका छन् जसकाे नाम ब्लडस्टाेन हाे ।

सिने जगतमा अनगिन्ती सुपरहिट फिल्म दिने रजनीकान्तलाइ सन् २००० मा पद्म भूषणद्वारा सम्मानित गरिएको थियो भने २०१४ मा ६ वटा तमिलनाडु स्टेट फिल्म अवार्डले सम्मान गरिएको थियो । 

जसमध्ये ४ वटा पुरस्कार सर्वश्रेष्ठ अभिनेता र २ वटा स्पेशल अवार्ड्स फोर बेस्ट एक्टरका लागि थिए । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया