मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
आज अर्थात डिसेम्बर १२ मा भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानी र व्यापारी अजय पीरामलका छोरा आनन्द पीरामलको विवाह भइरहेको छ ।
ईशा अम्बानीको विवाह मुकेश अम्बानीको मुम्बइमा रहेको घर एन्टिलियामा भइरहेको छ ।
अहिले सामाजिक सञ्जालमा अम्बानीको घर एन्टिलियाका तस्बिरहरु निकै चर्चामा छन् । एन्टिलियालाई सुन्दर फूलहरु तथा लाइटले आकर्षक तरिकाले सजाइएको छ ।
ईशा अम्बानीको विवाह अघिको कार्यक्रम संगीतका लागि हलिउडबाट पप स्टार बियोन्सेलाई बोलाइएको थियो । साथै अमेरिकाबाट हिलारी क्लिण्टन विशेष पाहुनाको रुपमा सहभागी भएकी थिइन् ।
बलिउडबाट शाहरुख खान, आमिर खान, सलमान खान लगायत १८०० कलाकारलाई बोलाइएको थियो । मुकेश अम्बानीले उनकी एक्ली छोरी ईशा अम्बानीको विवाहमा पैसाको खोला नै बगाएका छन् भन्दा फरक नपर्ला ।
खबरहरुका अनुसार मुकेश अम्बानीले ईशाको विवाहका लागि करीब ७०० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।
ईशा अम्बानीको विवाहको एउटा निमन्त्रणा कार्डको मूल्य ३ लाख भारतीय रुपैयाँ थियो भने दुबै परिवारको तर्फबाट करीव ३ हजार निमन्त्रणा कार्डहरु वितरण गरिएका थिए ।
अहिले विवाह भइरहेको अम्बानीको घर एन्टिलिया संसारकै महँगा घरहरुमध्येको एक हो । १० हजार ५ सय करोड रुपैयाँमा बनेको २७ तले यो आलिशान घरमा ३ वटा हेलिप्याड, ५० सिट भएको थिएटर, ९ वटा लिफ्ट, हजारौं स्क्वायर फिटमा फैलिएको जिम, कैयौं स्वीमिङ पुल र करीब १६० वटा गाडीका लागि एसी पार्किङ स्थल छ । यस घरको रेखदेखका लागि ६०० कर्मचारीहरु राखिएका छन ।
आनन्द पीरामल पनि भारतका धनाढ्य व्यापारी खानदानका हुन । आनन्दका पिता अजय पिरामल पीरामल ग्रुपका मालिक हुन । आनन्द पीरामल उनका बुवा अजय पीरामलको कम्पनीमा एग्जीक्यूटिभ डाइरेक्टर पदमा छन् ।
आनन्दका बुवा अजय पिरामलले बुहारी ईशा अम्बानीलाई ४५२ करोड भारतीय रुपैयाँ मूल्य बराबरको आलिशान बंगला उपहार स्वरुप दिएका छन् ।
अम्बानीकी छोरी ईशा र अजय पीरामलका छोरा आनन्द पीरामलको यो विवाह भारतको सबैभन्दा महंगो विवाह भएको बताइएको छ ।
विवाहपछि १४ डिसेम्बरमा अम्बानी परिवारले नै मुम्बईमा एक भब्य रिसेप्शन पार्टी दिनेछ । रिसेप्शनमा बलिउड कलाकार, राजनीतिज्ञ, खेल जगतका हस्तीहरु तथा ब्यापारीहरु सहभागी हुनेछन् ।
रिसेप्शनमा सहभागी पाहुनाका लागि विशेष म्यूजिकल कन्सर्ट राखिनेछ ।