मालदिभ्स फुटबल अवार्ड : उत्कृष्ट गोलकिपरको मनोनयनमा किरण चेम्जोङ

 मंसिर २६, २०७५ बुधबार १९:५२:७ | रासस
unn.prixa.net

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ मालदिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् । 

माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसियशन अफ् मालदिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आउँदो पुस ३ गतेअवार्डको विजेता घोषणा गरिनेछ । 

किरण टिसी स्पोटर्स क्लबबाट मालदिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । उनकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहम्मद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् । 

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया