फिल्म ‘सिम्बा’ को ट्रेलरमा अजयको इन्ट्रीले दुःखी रणवीर

 मंसिर २७, २०७५ बिहिबार ११:९:३ | एजेन्सी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोणका साथ विवाह गरेका अभिनेता रणवीर सिंह अहिले काममा फर्किसकेका छन् । फिल्म ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएसँगै अहिले रणवीर सिंह यस फिल्मको प्रमोशनमा व्यस्त छन् ।

यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खानको पनि अभिनय रहेको छ । फिल्मको ट्रेलरमा रणवीर सिंहका साथै अभिनेता अजय देवगनलाई पनि देख्न सकिन्छ ।

फिल्म ‘सिम्बा’ को ट्रेलरमा अभिनेता अजय देवगन सिंघमको अवतारमा इन्ट्री गरेको देखाइएको छ । आफू अभिनित फिल्ममा अजय देवगनको यस किसिमको इन्ट्री रणवीर सिंहलाई भने चित्त बुझेको छैन । खबरहरुका अनुसार रोहित शेट्टी निर्देशित यस फिल्मको ट्रेलरमा अजयको इन्ट्रीले दर्शकको ध्यान अजयमाथि नै गएकाले रणवीर सिंहले चित्त दुखाएका हुन् । 

ट्रेलर सार्वजनिक भएसँगै फिल्म ‘सिम्बा’ले दर्शकहरुकातर्फबाट राम्रो प्रतिक्रिया पाइरहेका छ । यस्तै यस फिल्मको पहिलो गीत ‘आँख मारे’ सार्वजनिक भइसकेको छ । ९० को दशकको यस गीतलाई रिमिक्स गरीएको हो । गीतमा सारा अली खान र रणवीर सिंहको डान्स रहेको छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया