भारतीय कमेडियन कपिल शर्माकाे विवाहका तस्बिरहरु सार्वजनिक

 मंसिर २७, २०७५ बिहिबार १२:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ ।

उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो । 

विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।

कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् । कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् । 

विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए । 

खबरहरुका अनुसार कपिल शर्माले सुनील ग्रोवरलाई पनि विवाहको निणन्त्रणा दिएका थिए तर सुनील विवाहमा सहभागी भएका थिइनन् । 

अहिले सामाजिक सञ्जालमा कपिलका शुभचिन्तक तथा बलिउड र टेलिभिजन कलाकारले बधाई तथा शुभकामना दिइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया