अछामको कमलबजारमा चट्याङ लागेर ३ विद्यार्थी घाइते

 मंसिर २७, २०७५ बिहिबार १६:३२:३७ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछामको कमलबजार नगरपालिका ७ सेराको पद्मासना आधारभूत विद्यालयमा चट्याङ पर्दा तीन विद्यार्थी घाइते भएका छन् ।

चट्याङ पर्दा कक्षा ८ की छात्रा बसन्ती भण्डारी गम्भीर घाइते भएकी छन् भने अन्य घाइतेमा कक्षा ४ का धिरज भण्डारी र कक्षा ३ की लक्ष्मी भण्डारी रहेका विद्यालयका प्रधानाध्यापक पदमराज जैसीले बताउनु भयो ।

तीमध्ये बसन्तीको शरीरका विभिन्न ठाउँमा जलेको दाग छ भने अन्य दुईको अवस्था सामान्य छ । विद्यालयमा सञ्चालन भैरहेको अर्ध-वार्षिक परीक्षा सकेर निस्किँदै गरेको बेला बिहीबार मध्यान्ह चट्याङ परेको थियो ।

घाइतेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया