पाल्पामा जीप दुर्घटना : ४ जनाको घटनास्थलमै ज्यान गयो, ५ घाइते

 मंसिर २७, २०७५ बिहिबार २१:४८:१४ | देव पचभैया
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाल्पा –  पाल्पामा बिहीबार बेलुकी भएको जीप दुर्घटनामा चालकसहित ४ जनाको ज्यान गएको छ ।

पूर्वखोला गाँउपालिकाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना हुँदा चालक २२ वर्षीय वीरेन्द्र रानासहित ४ जनाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । ज्यान जानेहरुको सनाखत भैसकेको छैन ।

दुर्घटनामा परि घाइते भएका ५ जनालाई उपचारका  लागि सदरमुकाम तानसेन पठाइएको अध्यक्ष सारुले बताउनुभयो । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको स्थानीय सपना सारुले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव निकाल्ने प्रयास भैरहेको जनाइएको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया