उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते

 मंसिर २८, २०७५ शुक्रबार ७:४३:३९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – लिम्चुङबुङ गाँउपालिका –४ मा विहीबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लिमचुङबुङ ४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र त्यही ठाउँका स्थानीय २४ वर्षीय पवन राईको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । 

ट्याक्टरमा चढेका अन्य ८ जना घाइते भएको एसपी राईले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउन लागिएको छ । प्रहरी प्रमुख राईले भन्नुभयो, ‘अन्य घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भन्ने जानकारी आएको छ । ।’ दुर्घटना स्थल सदरमुकाम गाईघाटबाट ८० किलोमिटर विकट क्षेत्रमा पर्दछ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया