सडकमै चकलेटकाे खाेला बगेपछि...

 मंसिर २८, २०७५ शुक्रबार १०:४३:८ | एजेन्सी
unn.prixa.net

सामान्यतया सडक कालो रंगको हुन्छ । तर जर्मनीमा भने एक सडकको रंग बदलिएर खैरो भयो । खासमा भएको के थियो भने जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिँडेको एक ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखिएको थियाे ।

तरल चकलेट चिसाेले गर्दा जम्याे र सडक नै बन्द गर्नुपर्‍याे । सडकमा चकलेट जमेर समस्या आएपछि पछि दमकल कर्मचारीलाई बोलाउनु परेको थियो । त्यसपछि आएका २५ दमकल कर्मचारीहरुले तातो पानी र साभेलको प्रयोग गरेर चकलेट हटाए ।  

जुन कारखानाको चकलेट पोखिएको थियो त्यसका कर्मचारीहरुले सरसफाईको कार्यमा सघाएका थिए ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया