चेल्सीले गर्‍याे आफ्ना समर्थकको ब्यवहारको विरोध

 मंसिर २८, २०७५ शुक्रबार ११:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले आफ्ना समर्थकको ब्यवहारको विरोध गरेको छ । विहीबार युरोपा लिग अन्तर्गत हंगेरीमा भएको भिडीविरुद्धको खेल हेर्न पुगेका समर्थकले यहूदी (जिउस) विरोधी नारा लगाएको प्रति लज्जास्पद भएको टिप्पणी गरेको छ । 

चेल्सीले आफ्ना समर्थकलाई ‘दिमाग चलाउन’ भनेको छ । ठूलो स्वरमा उनीहरुले यहूदीको विरोधमा नारा लगाएका थिए । जुन नारा संचारकर्मी बस्ने स्थानमासमेत प्रष्टै सुन्न सकिन्थ्यो । उनीहरुको क्रियाकलापलाई नजिकै बसेका अन्य समर्थकले सामाजिक सञ्जालमा समेत पोस्ट गरेका थिए । चेल्सी समर्थकले ‘बार्सिलोना, रियल मड्रिड, टोटनह्याम सबै यहूदी हुन्’ भन्ने नारा लगाएका थिए ।

यसै साता उनीहरुले प्रिमियर लिगको खेलमा म्यानचे सिटीका रहिम स्टर्लिङलाई रंगको आधारमा होच्याएका थिए । चेल्सीले यस्ता समर्थकलाई क्लबमा मात्र नभई कुनै समाजमा पनि स्थान नरहेको बताएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया