प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित
बैशाख १३, २०८१ बिहिबार
टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आफ्नो दाइ चार्लीलाई म्यानेजर नियुक्त गरेका छन् ।
आफ्नो फुटबल करियरसँग सुरुदेखि नै संलग्न रहँदै आएका चार्लीलाई केनले आधिकारिक रुपमा आफ्नो ब्यवस्थापक नियुक्त गरेका हुन् । चार्लीले यसै वर्ष स्थापना गरेको सीके ६६ नामक कम्पनीमार्फत केनलाई व्यवस्थापन गर्नेछन् ।
इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान समेत रहेका केनले यो कदमका कारण क्लब र देशमा आफ्नो प्रभाव बढ्ने आशा गरेका छन् । साथै यो कम्पनीे केनको प्रायोजन अवसरमा पनि क्रियाशिल रहनेछ ।
टोटनह्याममा थप ६ वर्षको सम्झौता नवीकरण गर्नका लागि चार्लीको कम्पनीले केही समयअघि देखि नै दौडधुप सुरु गरिसकेको छ ।