बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
दाङ – घोराहीमा एक होटलमा एकजना मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी एफएम रोडमा रहेको एट ओ क्लक रेष्टुरेन्टमा ३७ वर्षीय भुपेन्द्र डाँगी मृत अवस्थामा भेटिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका घर भएका मृतक डाँगी तीन महिनादेखि होटलमा कार्यरत रहेको होटल सञ्चालक निमकान्त डाँगीले बताउनुभयो ।
डाँगीले रातको समयमा होटलको सम्पूर्ण जिम्मेवारी लिने गरेको सञ्चालक डाँगीले बताउनुभयो । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।