ए डिभिजन लिग : पुलिसले फ्रेन्ड्सलाई ५–० ले हरायो

 मंसिर २८, २०७५ शुक्रबार १३:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिसले फ्रेन्ड्स विरुद्ध ५–० को जित निकालेको छ । जारी प्रतियोगितामा पुलिसको चौथो जित हो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा जारी खेलका पुलिसले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्यो । जसका कारण उसले चौथो मिनेटमा नै गोल गर्न सफल भयो । उसका लागि रवीकिशन पासवानको पासमा अभिषेख रिजालले गोल गरे ।

छैटौं मिनेटमा भरत शाहको प्रहार पोष्ट नजिकैबाट बाहिरिन पुग्यो । तर ३१ औं मिनेटमा पुलिसले अग्रता दुई–शून्यमा पुर्यायो । यसपटक रविशंकर पासवान आफैले गोल गर्न सफल भए । त्यसपछि फ्रेन्डस खेलमा फर्कन सकेन र पुलिसले पहिलो हाफमा दुई गोलको अग्रता बनायो ।

पहिलो हाफमा दुई गोल गरेको पुलिसले दोस्रो हाफमा पनि थप तीन गोल गर्यो । ५९ औं मिनेटमा रविशंकर पासवानको पासमा भरत शाहले गोल गर्दै अग्रता तीन–शून्यमा पुर्याए । त्यसको तीन मिनेटपछि फेरि पुलिसले स्कोरबोर्डमा चौथो गोल थप्यो । यसपटक अभिषेख रिजालको पासमा तेज तामाङले गोल गर्न सफल भए । ८८ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले पाँचौ गोल थपे । उनले भरत शाहको पासको सदुपयोग गरेका थिए ।

जितपछि पुलिसले आठ खेलबाट ११ अंक बनाएको छ । फ्रेन्ड्सको मात्र ५ अंक छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया