२५ लागिन् चक्लेटी हिराेइन वर्षा राउत, अाज जन्मदिन

 मंसिर २८, २०७५ शुक्रबार १४:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री वर्षा राउतले आज आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । 

उनी यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दालभात तरकारीको छायाँकनमा व्यस्त छिन् । चलचित्र दालभात तरकारी युनिटले छायाँकनस्थलमै वर्षाको जन्मदिन मनाएको छ । 

दालभात तरकारी युनिटले उनलाई शुभकामना दिनका निम्ति विशेष कार्यक्रमको आयोजना गरेको थियो । उनको अघिल्लो वर्षको जन्मदिन रेडियो अडियोको आयोजनामा रेडियो अडियोकै कार्यालयमा मनाइएको थियो ।

यो वर्ष भने दालभात तरकारीको छायाँकनमा व्यस्त भएका कारण छायाँकनस्थलमै उनको जन्मदिन मनाइएको हो । 

उनलाई शुभकामना दिन रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियासहित रेडियो अडियोको टिम चलचित्र छायाँकन स्थलमै पुगेका थिए । 
२०५० साल मंसिर २८ गते काठमाडौको थापाथलीमा जन्मेकी वर्षा आज देखि २५वर्षमा प्रवेश गरेकी छिन् । 

वर्षाले विकासराज आचार्यको सिनेमा ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा डेब्यू गरेकी हुन् । पहिलो सिनेमाबाटै उनले राम्रो सफलता हात पारिन् । 

त्यसपछि उनी लागातार हिट सिनेमा दिने अभिनेत्रीको सूचिमा परेकी  छिन् । ‘नार्इं नभन्नु ल ४’ पछि उनले छक्का पञ्जा, जात्रा, छक्का पञ्जा–२ जस्ता सिनेमामा काम गरिन् ।

उनका सिनेमाहरु कारोबारका हिसाबले सुपरहिट रहे । तर ‘छक्का पञ्जा–२’ सँग जुधेका कारण उनको मुख्य भूमिका रहेको सिनेमाख‘मेरो पैसा खै?’भने कारोबारमा पछि रह्यो ।

अन्यथा वर्षाको सिने करिअर पूर्ण रुपमा सफल देखिन्छ । उनी अभिनित चलचित्र गोपीको केही दिनअघि मात्र पोष्टर सार्वजनिकभएको थियो । उनी लामो समयदेखि कलाकार संजोग कोइरालाको प्रेममा छिन् । उनीहरुले यो सम्बन्धलाई पहिलेदेखि नै सार्वजनिक गरिसकेका छन् । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया