जमूनाह नाकाबाट १२ क्विन्टल कालो मरिच बरामद

 मंसिर २८, २०७५ शुक्रबार १७:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले नेपालबाट कालो मरिच भारत निकासी गर्ने गरेको पाइएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जले बिहीबार राति भारततर्फ निकासीका लागि सीमा नजिकै जमूनाहमा लुकाएर राखिएको  १२ क्विन्टल कालो मरिच नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ कालो मरिचको अवैध निकासी हुने गरेको पाइएको हो । 

मरिचको मूल्य अन्दाजी चार लाख ८२ हजार रुपैयाँ रहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले बताउनुभयो । सोही स्थानबाट  लेडिज फाउण्डेशन क्रिम पनि बरामद भएको छ ।

प्रहरीले नेपालगञ्जको गोसाइगाउँ हुँदै भारतबाट भन्सार छलेर भित्र्याइएको कपडा पनि नियन्त्रणमा लिएको छ । बिहीबार राति बरामद गरिएका सामान शुक्रबार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक डांगीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया