ब्लड क्यान्सर भएका ११ वर्षीय सरोज राईको उपचारमा सहयोग गर्न बुबाआमाको अपिल

 मंसिर २८, २०७५ शुक्रबार १९:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन धनकुटाका एक बुबाआमाले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

गएको ३ महिनादेखि क्यान्सर भएका शहीदभूमि गाउँपालिका–३, तेली टोलका ११ वर्षीय सरोज राईको उपचारमा समस्या भएपछि उनका बुबाआमाले सहयोगको अपिल गरेका हुन् । उनको उपचारका लागि डाक्टरहरुले २० लाख रुपैयाँ आवश्यक पर्ने बताएपछि  आमा सरिना र बुबा छत्र राईले सहयोगको लागि अपिल गरेका छन् ।

छोरा बिरामी भएपछि सुरुमा नोबेल मेडिकल कलेज विराटनगरमा उपचार गरिएको र अहिले ब्लड क्यान्सरको भएको पुष्टि भएपछि थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजानको लागि तयारी गरिएको बालकका बुबा छत्र राईले बताउनुभयो । विद्यालयको १६ हजार सहयोगसहित हालसम्म २ लाख ५० हजार रकम सकिएको र थप उपचारका लागि आर्थिक अभाव भएको उहाँले बताउनुभयो । 

स्थानीय जालापादेवी आधारभूत प्राविमा कक्षा–६, मा अध्यायनरत राईलाई हिँड्न नसक्ने, ज्वरो निको नहुने र नाक, मुखबाट रगत बग्ने भएपछि ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । कृषि पेशामा आबद्ध उनीहरुसँग कुनै आम्दानीको श्रोत नभएकाले आफ्नो एक मात्र छोरा बचाइदिन राई दम्पत्तीले सबैलाई आग्रह गरेका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया