कर्णाली प्रदेशमा नौ महिनामा बजेटको २५ प्रतिशत मात्रै खर्च
बैशाख ८, २०८१ शनिबार
धादिङ – धादिङ र मकवानपुरको सीमा क्षेत्रमा शुक्रबार प्रहरीको संयुक्त टोलीले छापा मारेर ठूलो परिणाममा प्रतिबन्धित गाँजा र हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरीको संयुक्त प्रहरी टोलीले मकवानपुरसँग सीमा जोडिएको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ओवाङमा छापा मार्दा चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ ओटा बोरामा अन्दाजी ५ सय किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बताउनुभयो ।
प्रहरी निरीक्षक नवराज ढुंगेलको कमाण्डमा प्रहरीले विषेश सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो । प्रहरीले बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ओवाङका ४० वर्षीय ठूलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ र चितवन जिल्ला इच्छाकामना गाउँपालिकाका वडा नम्बर ७ का ४० वर्षीय गुञ्जबहादुर घलानलाई पक्राउ गरेको छ ।
ठूलोकान्छाको घरबाट दुई नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र सानोकान्छाको घरबाट एक नाल भरुवा बन्दुक, १० बोरा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै ओवाङ निवासी दिलबहादुर घलानको घरबाट एक नाल भरुवा बन्दुक र १२ बोरा गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । दिलबहादुरलाई भने पक्राउ गरेको छैन ।
पक्राउ गरिएका तीनजनासँगै बरामद लागुऔषध र हातहतियार जिल्ला प्रहरी कार्यालय लगिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बिकले बताउनुभयो ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।