बालिका बलात्कार गर्ने युवकलाई चार वर्षको जेल सजाय

 मंसिर २८, २०७५ शुक्रबार १९:४७:१९ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको सुरूङ्गा नगरपालिका वडा नम्बर–४, मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतबाट १६ महिनाअघि धरौटीमा रिहा भएका आरोपितविरुद्धको अभियोग दाबी पुगेको भन्दै जिल्ला अदालत सप्तरीले चार वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनुभयो ।

जिल्ला अदालतकै आदेशमा चौधरी ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखेर तारेखमा रिहा भएका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७४ साउन १२ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

सुरूङ्गा नगरपालिका ४ मा रहेको हरिनारायण चौधरीको फूलबारीमा ०७४ साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले आरोप थियो । आरोपितले भने फूलबारीमा नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका थिए ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया