जब शाहिद पत्नी मीरा र करीनाको भयो जम्काभेट

 मंसिर २८, २०७५ शुक्रबार २०:१:५७ | एजेन्सी
unn.prixa.net

यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी इशा अम्बानी र आनन्द पीरामलको विवाह सम्पन्न भयो । 

अम्बानी निवास एन्टीलियामा भएको विवाहमा बलिउडका सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, सलमान खानका साथै बलिउडका अभिनेत्री प्रियंका चोपडा, ऐश्वर्या राय, दीपिका पादुकोण, सोनम कपूर, आलिया भट्टलगायतले उपस्थिति जनाएका थिए । 

यसैबीच अभिनेत्री करीना कपूर खान पति सैफ अली खान र दिदी करीश्मा कपूरका साथ उपस्थित भएकी थिइन् भने अभिनेता शाहिद कपूर पत्नी मीरा राजपुतका साथ सहभागी भएका थिए । बेला–बेलामा समाचार तथा सामाजिक सञ्जालमा मीरा राजपुत र करीना कपूर खानलाई एक अर्कासँग जोडेर चर्चा चलिरहन्छन् । किनकी कुनै बेला शाहिद कपूर र करीना कपूर खान लामो समयसम्म प्रेम सम्बन्धमा थिए । पछि करीनाले शाहिदका साथ ब्रेकअप गरेर सैफ अली खानका साथ विवाह गरिन् भने शाहिदले मीरा राजपुतका साथ मागी विवाह गरे । 

तिनै शाहिद पत्नी मीरा राजपुत र करीना कपूर खानको ईशा अम्बानीको विवाहमा अचानक जम्काभेट भयो । अभिनेत्री करीना कपूरले ब्रेकअपपछि शाहिद कपूरका साथ फिल्म ‘उडता पञ्जाब’ मा काम गरेसकेकी छिन् । तर शाहिदकी पत्नी मीरा र करीनाको भने त्यो पहिलो भेट थियो । 

मीरा र करीनाको यसरी भएको जम्का भेटमा दुवैले एकअर्कालाई देखेर मुस्कुराउँदै अँगालो हालेर एकअर्काको हालखबर सोधे र बिदा भए । उता शाहिद कपूर र सैफ अली खानले पनि एकअर्काका साथ हात मिलाउँदै अभिवादन गरे । 

मिडिया तथा सामाजिक सञ्जालमा मीरा र करीनाका विषयमा अनेक खबरहरु आए पनि यी दुवैले निकै सकारात्मक ढंगले एक अर्काको सामना गरेका छन् । अभिनेता शाहिद कपूर र सैफ अली खानले फिल्म ‘रंगुन’ मा एक साथ काम गरिसकेका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया