२० किलो चरेससहित एकजना पक्राउ

 मंसिर २८, २०७५ शुक्रबार २०:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – प्रहरीले शिवराज नगरपालिका वडा नम्बर ९ रमुवादहवाबाट शुक्रबार २० किलोग्राम चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

रोल्पा लिवाङ नगरपालिका–६, चइवाङ बस्ने २९ वर्षका रमेश बुढालाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो । उनलाई जिल्ला अदालत तौलिहवाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेका बुढाको साथबाट २० किलो चरेस बरामद भएको गरेको छ ।

पक्राउ परेका बुढाका साथमा अन्य २ जना समेत रहेको प्रहरीले जनाएको छ । फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया